नेकपाको संसदीय दलको बैठक बस्दै

होमल्याण्ड खबर

२०७६ बैशाख १७ गते, मंगलवार १०:३९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक मंगलबार बस्दैछ ।

सरकारले वैशाख २० गते संसदमा पेश गर्न लागेको नीति तथा कार्यक्रमका बारे छलफल गर्न आज बैठक बस्न लागेको संसदीय दलका उपनेता सुबास नेम्वाङले जानकारी दिए ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।

नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र अन्त्यमा संसदीय दलको बैठक बोलाउने परम्परा अनुसार बैठक बस्न लागेको हो ।

बैठकमा आगामी बजेट अधिवेशनबारे केही अन्तरबस्तुमा पनि छलफल हुने उपनेता नेम्वाङले जानकारी दिए ।