१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकता अनुसार परिमार्जन र संशोधन हुने बताएका छन् ।
मंगलबार खुमलटार स्थिति निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, “संविधान जनताको माग तथा आवश्यकताअनुसार परिमार्जन, विकास र संशोधन हुन्छ । त्यसमा नेकपा स्पष्ट छ ।”
अध्यक्ष दाहालले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको उल्लेख गरे। साथै उनले संविधान संशोधनका लागि प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर प्रक्रिया शुरु गरिने बताए ।