१३ मंसिर २०८१, बिहीबार
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर १/१ रुपैयाँ बढाएको हो ।
निगमका अनुसार मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय ११ र डिजेल तथा मट्टीतेलको मूल्य ९८ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।