अन्तराष्ट्रिय जगतमा नेपालको शिर उचो भएको छः राष्ट्रपति भण्डारी

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १६:५८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय जगतमा नेपाल शिर उचो भएको बताएकी छन् ।

शुक्रबार आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी यस्तो बताएकी हुन् ।

उनले भर्खरै आफु चीन भ्रमणमा गएको र त्यहाँको सरकारले नेपाललाई हेर्ने दृष्टिकोणका साथै अन्य देशहरुसँगको नेपालको सम्बन्ध र विश्वासले यस्तो देखाएको बताइन् ।

उनले विश्व बजारले नेपालमा लगानी गर्ने बताएको भन्दै यसले नेपाल लगानीमैत्री देश बन्दै गएको बताइन् । साथै उनले अर्थतन्त्रलाई गतिशिल बनाएको बताउँदै नेपालमा निर्माणधिन योजनाहरु समयमै सम्पन्न गर्न विभिन्न समितिहरु निर्माण गरिएको र तिनीहरुले योजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गिरन्।

वार्षिक बजेट भने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।