१ मंसिर २०८१, शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पूर्ण बैठकलाई सम्बोधन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बैठकलाई सम्बोधन गर्दैे आर्थिक तथा निर्माण कार्यमा वर्तमान सरकार सफल भएको बताएकी छन् । उनले वर्तमान सरकारबाट देशलाई भलो भएको पनि जानकारी गराएकी छन् ।
उनले भनेकी छन्, ‘मेरो सरकारले देशमा भएका सम्पुर्ण प्राकृतिक समस्यालाई गम्भीर रुपमा लिएको छ । बारामा हावाहुरीमा परेका जनतालाई उद्धार गर्न पुगेको छ, मेरो सरकारले त्यतिमात्र होइन नेपालका जनतालाई द्ःख परेका हरेक व्यक्तिलाई सहयोग गरेको छ ।’
त्यस्तै उनले भुकम्प पुननिर्माको कामहरु तिव्र रुपमा अगाडि बढिरहेको र अन्य विकासका कार्यमा पनि सरकार अगाडि नै रहेको दावी गरेकी छन् ।
उनले तुइन हटाएर पानीजहाजको कामहरुपनि अगाडि बढाउनमा सरकार लागिपरेको जिकीर गरीन् ।
साथै कोषी र कर्णालीको करिडोरको कामलाई अगाडि बढाइने पनि उनले बताएकी छन् । उनले विकासका कार्य साथै रोजगारीका अवसर पनि अब छिट्टै अगाडि बढाउने प्रतिवद्धता जनाएकी छन् ।