सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

होमल्याण्ड खबर

२०७६ बैशाख २२ गते, आईतवार ०९:३० मा प्रकाशित

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि आइतबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा छलफल सुरु हुने कार्यसूचि छ ।

‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेपछि छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रममाथि विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीले ६ वटा संशोधन दर्ता गराएका छन् ।

। छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले भने भाग नलिने भएका छन् ।

संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ र यसका लागि तीन दिनको समय छुट्याइएको छ । नीति तथा कार्यक्रम वैशाख २४ गते अर्थात मंगलबार पारित गर्ने सरकारको तयारी छ ।