१० मंसिर २०८१, सोमबार
भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणका अन्तिम दुई खेल आज आइतबार हुँदैछ ।
आइतबार हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र चेन्नेई सुपर किंग्स तथा दोस्रो खेलमा मुम्बई ईन्डियन्स र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
पञ्जाव क्रिकेट एशोसियन स्टेडियमको मैदानमा हुने यी दुई टिमको खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
शीर्ष स्थानको चेन्नेईको १८ अंक छ । पुछारको पञ्जावको १० अंक छ ।
अर्को खेलमा प्लेअफको लक्ष्य सहित कोलकत्ताले मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ ।
वान्खाडे क्रिकेट स्टेडियममा हुने यी दुई टिमको खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
तेस्रो स्थानको मुम्बईको १६ अंक छ । पाँचौ स्थानको कोलकत्ताको समान १२ अंक छ ।