सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने

होमल्याण्ड खबर

२०७६ बैशाख २३ गते, सोमबार ०९:०० मा प्रकाशित

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुँदैछ ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि सोमबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा छलफल सुरु हुने कार्यसूचि छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

‘सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेपछि छलफल सुरु हुने संसद सचिवालयले जनाएको हाे ।

संसदका दुवै सदनमा आइतबारदेखि नीति तथा कार्यक्रममाथि छलफल भएको र यसका लागि तीन दिनको समय छुट्याइएको छ ।

नीति तथा कार्यक्रम वैशाख २४ गते अर्थात मंगलबार पारित गर्ने सरकारको तयारी छ ।