हामीहरुलाई मधेसी भनेर विभेद गरियोः नेता महन्थ ठाकुर

होमल्याण्ड खबर

२०७६ बैशाख २३ गते, सोमबार १२:३८ मा प्रकाशित

राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले आफुहरुलाई मधेसी भनेर विभेद गरेको जिकीर गरेका छन् ।
नीति तथा कार्यक्रममाथि संसदमा भएको सोमबारको छलफलमा भाग लिँदै ठाकुरले सरकारले संविधानमा लेखेको कुरा व्यबहारमा लागु नगरेको बताएका हुन् ।

उनले कार्यक्रममा बोल्दै भने, “यहाँ मधेसीलाई पोसाक र अनुहार हेरेर व्याबहार गरिन्छ । भाषा शैली हेरेर व्यबहार गर्ने अनि विभिधता पुर्ण देश हो भन्ने ? के आधारमा संविधान लेखिएको हो ? लेखिएको कुरा कागजमा मात्र सिमीत गरेर हुन्छ ?”

उनले थपे, “यहाँ न्याय माग्न जादा गोली खानुपर्ने कुन लोकतन्त्र हो यो ? के मधेसी भएकै कारण हामीले न्याय नपाएको हो ? यदि होइन भने कञ्चनपुरकी बालिका निर्मला पन्तले किन न्याय पाइनन् ?”
ठाकुरले यो सबै विभेदमा राजनैतिक हिंसा भएको दावी गरेका छन् ।
साथै उनले नयाँ संविधानसंगै केही पनि लोकतान्त्रिक परिर्वतन नआएको बताएका छन् ।