१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले बालुवाटार काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल ठगिएको प्रधानमन्त्रीले कहाँबाट थाहा पाउनु भयो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम बारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधामन्त्री ओलीले विष्णु पौडेल ठगिएको बताएपछि थापाले यस्तो प्रश्न सोधेका हुन् ।
थापाले भने, ‘प्रधानमन्त्री ज्यू, वाइड बडी र बालुवाटार काण्ड कहाँबाट थाहा पाउनु भयो अनी महासचिव विष्णु पौडेल ठगिएको कुरा तपाईंलाई कसरी थाहा पाउनुभयो ?’