१ मंसिर २०८१, शनिबार
आज कानुन दिवस । कानून र न्याय क्षेत्रमा संलग्नहरुले बिहीबार विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् ।
प्रधान न्यायालयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।
कानुन दिवसको अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले सबैमा शुभकामना दिएका छन् ।
प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवर्द्धन र सहज पहुँच पुग्ने विश्वास लिएको छु ।
जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास सन्देशमा गरिएको छ ।