१० मंसिर २०८१, सोमबार
एजेन्सी । युरोपा लिग फुटबलमा सेमिफाइनल अन्तर्गत दोस्रो लेगका दुई खेल बिहिबार राति दुई खेल हुँदैछन् । आज हुने खेलमा प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ ।
आज रातिनै हुने अर्को खेलमा चेल्सीले आइनट्रायच फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल नेपाली समय अनुशार राति १२:४५ बाट सुरु हुनेछ । फ्रान्कफर्टसँग पहिलो लेग १-१ गोलको बराबरीमा खेलेको थियो ।
घरेलु मैदानमा हुने खेलमा राम्रो नतिजा निकाल्ने पक्षमा चेल्सी हुनेछ । फ्रान्कफर्ट भने आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा हुनेछ ।
यता पहिलो लेगमा ३-१ गोलले अघि रहेको आर्सनल आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ । यता धरेलु टोली भ्यालेन्सीया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ ।