१ मंसिर २०८१, शनिबार
संसदमा आजदेखि बजेट पुर्बको छलफल अर्थात प्रि–बजेटमाथि छलफल सुरु हुँदैछ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएका बेला आजदेखि संसदमा प्रि–बजेटमाथि छलफल सुरु हुन लागेको हो ।
प्रतिनिधिसभाको बिहान ११ र राष्टियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यसपछि संसद बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राख्ने छन् ।
नीति तथा कार्यक्रमभन्दा पहिला प्रि-बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि-बजेटमाथि छलफल गराउन लागेको हो ।
प्रि-बजेटमाथिको छलफल आगामी मंगलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि-बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।