प्रधानमन्त्री ओलीले सांसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन सभामुखको निर्देशन

होमल्याण्ड खबर

२०७६ बैशाख २७ गते, शुक्रबार १२:३९ मा प्रकाशित

सभामुख कृष्णवहादुर महराले वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द अभिलेखबाट हटाउन दिर्नेशन दिएका छन ।

शुक्रबारको बैठकको शुरुमै सभामुख महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका त्यस्ता शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

बैठक शुरु गर्दै सभामुख महराले भने, सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकुल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।

सोही निर्देशन अनुसार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको हो ।

प्रधानमन्त्रीले जवाफ दिने क्रममा कांग्रेस सांसद र प्रधामनन्त्री ओलीबीच भनाभन भएको थियो । प्रश्न सोध्ने र जवाफ दिने क्रममा दुवै पक्ष आवेगमा आएका थिए ।