२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन्।
शुक्रबार मदननगर बल्खुमा मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको बहुमत कतिलाई पचेको छैन, अर्कोपल्ट दुई तिहाइ ल्याउँने बताए।


कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं,’ थप्दै प्रधानमन्त्रीले भने, ‘किनकी सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेको छ।’ ‘कोहीकोही मुख छोड्ने कहिलेकाहीँ देखिएका छन्।
तर म चुनौतीका साथ भन्छु, म भ्रष्टाचार गर्दिँन र गर्न पनि दिन्न,’ ओलीले भने। उनले सरकारले राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए।
‘उनले कांग्रेसविरुद्ध बोल्दै भने, ‘मलाई अचम्म लाग्छ, कांग्रेस आफूलाई जेठो पार्टी भन्छ तर लोकतान्त्रिक मूल्यमान्यताको हेक्का राख्दैन। केही दिनअघि भएको विरोध राष्ट्रपतिको थिएन, त्यो त गणतन्त्रात्मक प्रणाली र संस्थाहरूको विरोध थियो ।’