१० मंसिर २०८१, सोमबार
नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत आबद्ध सेतु भारतीय महिला लिग फुटबलको फाइनल प्रवेशका लागि भोलि सोमबार सेन्ट्रल एसएसबी वुमन्ससँग प्रतिस्पर्धा गर्दैछ । समूहको शिर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको तामिलनाडु क्लब सेतु कोलकाताको सेन्ट्रल एसएसबी वुमन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल लुधियानास्थित गुरु नानक स्टेडियममा हुनेछ ।
समूह चरणका पाँच खेलसम्म पराजय भोग्न नपरेको सेतु उपाधि नजिक पुग्न चाहन्छ । त्यसैमा नेपालकी सावित्रा र भारतीय राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको सेतु उपाधि जित्ने लक्ष्यमा छ ।
समूह उपविजेता बन्दै अन्तिम
चारमा स्थान बनाएको
सेन्ट्रल एसएसबी फाइनल पुग्ने
रणनीतिमा छ ।
सेन्ट्रलले समूहका पाँचमध्ये एक
खेलमा हार ब्यहोरेको
छ भने बाँकी
खेलमा जित दर्ता
गरेको छ । सेतुको जितमा नेपालकी
सावित्रा भण्डारीले ९ गोल
गरेकी छन् ।
उनी सर्वाधिक गोल
गर्ने खेलाडीको दोस्रो
नम्बरमा छन् ।
शिर्ष स्थानमा मणिपुर
पुलिस स्पोर्टस् क्लबकी
बालादेबी छन् ।
उनले २२ गोल
गरेकी छन् ।
यस्तै दोस्रो सेमिफाइनलमा
गोकुलम केरला र मणिपुर
पुलिस स्पोर्टस् आमनेसामने
हुनेछन् ।