राजस्व चुहावट हुन दिँदैनौः अर्थमन्त्री खतिवडा

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १३:०२ मा प्रकाशित

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व चुहावट हुन नदिन जरिवाना र कारवाहीका लागि यो विधेयक जारी गरिएको बताएका छन् ।

सोमबार ११ बजेदेखि सुरु भएको बैठकमा उनले भने, सांसदका सदस्यहरुले उठाएका धेरै विषयम कामहरु नभएको तर केही कमि भएका विषयमा पनि अब काम हुने दावी गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले, सांसदको छलफलबाट अझै परिमार्जित गरेर आगाडि बढिने र सुराकीलगाएत अन्य कर चुहावट जस्ता विषयहरुको कुरा छ, यसको लागि कानुनमा सदाचारिता तथा पारदर्शिता हुनुपर्ने बताएका छन् ।

उनले कुनैपनि एजेन्टहरुलाई कानुनको दायरामा ल्याउने र राजस्व चुहावट हुन नदिने प्रतिवद्धता जनाएका छन् ।