१ मंसिर २०८१, शनिबार
कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताएकी छिन् । संसदको बुधबारको बैठकमा बोल्दै कांग्रेस सचेतक भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताएकी हुन् ।
गलत नियतका साथ विधेयक आएको भन्दै उनले भनिन्, ‘सरकारलाई शक्तिको भोक जागेको छ, राज्य नियन्त्रित प्रेस बनाउन खोजेको छ ।’ फेरि त्यसमा थप्दै भनिन्, ‘यो विधेयकलाई लोकतन्त्रले बुझ्दैन, हामी पढ्न चाहनौं ।’
उनले विधेयकलाई संसदको प्रक्रियामा नै नल्याउन माग गरेकी छन् । साथै उनले मानवअधिकार आयोगसम्बन्धी विधेयकको पनि विरोध गरेकी छन् ।