१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले आफु कोटेश्वरको जाममा फसेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बन्द भनेपनि राजधानीमा सामान्य रुपमा यातायात चलेको संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘म आज दस मिनेट ढिला आएँ, कोटेश्वरको जाम अन्य दिनभन्दा बढी थियो । विप्लव समूहको बन्द जनताले अस्वीकार गरेको प्रमाण हो यो।’
बस्नेतको धारणामा सत्तापक्षका सांसदले ताली बजाएर सही थापे।