१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा पेस गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन् ।
कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संसदमा पेस गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन गर्न पार्टी सदैव तयार रहेको पनि स्पष्ट पारेका छन् ।
अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि मात्र पारित हुने बताएका छन् ।