प्रधानमन्त्री फेरिन सक्छन्: बामदेव गौतम

होमल्याण्ड खबर

२०७६ जेष्ठ १४ गते, मंगलवार १३:२८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतले प्रधानमन्त्री फेरिन सक्ने संकेत गरेका छन् ।

सोमबार साँझ कान्तिपुर टेलिभिजनको एक अन्तरवार्ताका क्रममा दिएको अन्तर्वातामा उनले यस्तो बताएका हुन् ।

गौतमले भने, ‘सरकार परिवर्तन हुँदैन, एउटा राजनीतिक विचारधारा हटेपछि अर्को विचारधाराले सरकारको नेतृत्व गर्न पुग्दा सरकार परिवर्तन मान्न सकिन्छ । तर, यहाँ बिचारधारा एउटै छ । सरकार परिवर्तन हुँदैन तर, प्रधानमन्त्री पद परिवर्तन हुन सक्छ ।’

पार्टी एकताको भावनालाई मध्यनजर गर्दै सरकार गठनको अढाई वर्षमा अर्को प्रधानमन्त्री फेरिने भन्दै गौतमले प्रधानमन्त्री एउटा भएपनि मन्त्रीहरु फेरिएजस्तै प्रधानमन्त्री पनि फेरिन सक्ने बताए ।

प्रधानमन्त्री फेरिदैमा सरकार फेरिएको मान्न नसकिने भन्दै उनले वर्तमान सरकार स्वच्छाचारी भएको भने स्वीकार गरेका छन् । उनले भने, ‘मैले वर्तमान सरकार स्वच्छाचारी भयो भनेर पार्टी स्थायी कमिटीमा लिखितरुपमै धारणा राखे, यहाँ कामको शैली सामुहिक नभएर ब्यक्ति केन्द्रीत देखिएकोले यसले राम्रो देखाएको छैन । पार्टीका मुलभूत कुराहरुमा पार्टी भित्र छलफल हुनुपर्ने हो तये पनि भएको छैन ।’