१ मंसिर २०८१, शनिबार
भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको लागि हुन लागेको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार भारत जाँदैछन् ।
मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जान लागेका हुन् ।
उनी नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने तयारी छ ।
मोदीले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निम्ता दिएका छन् ।
बिहीबार साँझ ७ बजे शपथग्रहण सहभागी भएर प्रधानमन्त्री ओली भोलि शुक्रबार काठमाडौं फर्कनेछन् ।
दिल्ली बसाइ क्रममा ओली र मोदीबीच द्विपक्षीय विषयमा छलफल हुने कार्यक्रम पनि छ ।
भारतमा लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याएपछि नेता मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् ।