आर्सनललाई पराजित गर्दै चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

होमल्याण्ड खबर

२०७६ जेष्ठ १६ गते, बिहीबार १०:११ मा प्रकाशित

आर्सनललाई पराजित गर्दै चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति अजरबैजानमा भएको फाइनलमा आर्सनललाई ४–१ ले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीका लागि इडेन हजार्डले दुई, ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । यस्तै, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा जेरुडले गोल गर्दै चेल्सीले सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता तेब्बर बनाए । ६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो ।