नेकपाको सचिवालय बैठक सर्यो

होमल्याण्ड खबर

२०७६ जेष्ठ १७ गते, शुक्रबार १५:३५ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

भोली अर्थात शनिबारको लागि तय गरिएको बैठक प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारतमा भएकोले गृहकार्य गर्न नसकिएकोले बैठक सरेको हो ।

अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिपछि बैठक २ दिन पछाडि अर्थात सोमबारका लागि सारिएको नेकपा सचिवालयले जनाएको छ ।

बैठकमा पोलिटब्युरो र विभागहरु गठन गर्ने कार्यसूची रहेको थियो।