१ मंसिर २०८१, शनिबार
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य एवम् पूर्वराज्यमन्त्री पदम राईलाई नेकपामा प्रवेश गरेकोमा अध्यक्षले प्रचण्डले असाध्यै खुशीको अनुभुती गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच राईलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
चन्द र अन्य समूहमा रहेका कम्युनिष्ट पार्टीहरु पनि आफ्नो पार्टीमा जोडिनुको विकल्प नरहेको दाबी गर्दै प्रचण्डले भने, ‘पदम जी आएपछि हामी अत्यान्तै खुशी छौं । संसरमा नेपालमात्र यस्तो देश हो जहा समृद्धिको माध्यमबाट समाजवादको बाटो तयार गर्ने वैधानिक शान्तिपूर्ण रुपमा अगाडी जाने संभावना पैदा भएको छ ।
चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट राष्ट्र र जनतालाई दुःख र क्षति मात्रै हुन्छ भन्दै प्रचण्डले भने, ‘हामी सबैले मिलेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न म सबै कम्युनिष्ट घटकहरुलाई पनि आफ्नो पार्टीमा आउन आह्वान गर्दछु ।’
कार्यक्रममा राईले द्वन्द्वबाट देश र जनताको हित नहुने निष्कर्षमा पुगेपछि आफू नेकपामा प्रवेश गरेको भन्दै कुनै डर, धाक, धम्कीबाट सुरक्षित हुनका लागि नेकपामा नआएको समेत बताए ।