विप्लव नेकपाद्वारा सोलुखुम्बुमा चौकी आक्रमण, प्रहरी र सेना परिचालन

होमल्याण्ड खबर

२०७६ जेष्ठ २० गते, सोमबार १४:३२ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो । 

नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जाका लागि आक्रमण गरेका हुन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए ।

प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको छ । स्रोतका अनुसार प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको छ ।

प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए । प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर साे आक्रमणको प्रयास भएको हो ।