१३ मंसिर २०८१, बिहीबार
नेपालमा सन् २००० देखि सजावटी रंगहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल)ले ग्राहक योजना अभियान ‘बर्जर पेन्ट एक्सप्रेस’ का विजेताहरुको नाम घोषणा गरेको छ ।
यो योजना २०७५ सालको दशैं र तिहारलाई लक्षित गरेर संचालन गरिएको थियो । यस योजना अन्तर्गत बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका मुख्य ब्राण्डहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिसको पक्कापक्की उपहारका साथसाथै गोला प्रथा र डिजिटल प्रतियोगीता मार्फत् अन्य आकर्षक नगद पुरस्कारहरु जित्ने अवसर पाएका थिए ।
योजनामा सहभागी भएका ७,५०० भन्दा बढी घरधनीहरुमध्येबाट २० जना विजेताको नाम हालै एक प्रत्यक्ष प्रशारण कार्यक्रममा गोलाप्रथा मार्फत सार्वजनिक गरिएको थियो । लक्की ड्रका विजेताहरु यस प्रकार छन्ः
यसै योजना मातहतकै डिजिटल प्रतियोगीतामा रोशन थापा (काठमाडौं) र सुरेश कटवाल (विराटनगर)ले रु.१,००,००० रुपैयाँ प्रथम नगद पुरस्कार जितेका छन् ।
यस्तै देवकी गुभाजु (काठमाडौं) र दधिराम पाठक (बुटवल) प्रत्येकले द्वितीय नगद पुरस्कार रु.५०,०००तथा राजु महर्जन (काठमाडौं) र राकेश बुढाथोकी (विराटनगर) प्रत्येकले तृतीय नगद पुरस्कार रु.२५,००० जितेका छन् भने १६ जना सान्त्वना नगद पुरस्कार विजेताहरु प्रत्येकले रु.१०,००० नगद पुरस्कार जितेका छन ।
यसैगरी सुमन कार्की (काठमाडौं) र लिटल फ्लावर स्कूल (नारायणघाट) ले उत्कृष्ट व्यावसायिक भवन तर्फको नगद पुरस्कार रु.५०,०००, उत्कृष्ट आवासीय भवन तर्फको विजेता प्रकाश के सी. (काठमाडौं) ले नगद पुरस्कार रु.५०,००० र राकेश बुढाथोकी (विराटनगर) ले पब्लिक च्वाइस अवार्ड नगद पुरस्कार वापत् रु.२५,००० जितेका छन् ।
पुरस्कार विजेताहरको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबुक पेज र वेबसाइटमा प्रकाशित गरिएको छ । पुरस्कार विजेताहरुले आफूले जितेको पुरस्कार प्राप्त गर्न विजेता घोषणा भएको १५ दिनभित्रमा नजिकैको बर्जर सेल्स डिपोमा दावी पेश गरिसक्नु पर्नेछ ।