कर्णालीका कर्मचारीलाई १ लाख र प्रमुख सचिवलाई ३ लाख तलब दिनुपर्छः सांसद शर्मा

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार ११:१६ मा प्रकाशित

पूर्वमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीहरुलाई १ लाख र प्रमुख सचिवलाई ३ लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गरेका छन्।

सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन्।

कार्यक्रममा बोल्दै शर्माले भने ‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ। त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिऔं,’।

प्रदेश सरकार बनेको डेढ वर्ष बित्न लाग्दा पनि पहाडी र हिमाली जिल्लामात्र भएको कर्णालीमा आवश्यक कर्मचारी नपुग्नुको कारण थोरै तलब भएको उनले बताए।