१ मंसिर २०८१, शनिबार
गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसका संसदहरुले सोमबारको बैठक अवरुद्ध परेका छन् ।
गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।
बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए ।
त्यसलगत्तै सभामुखले नेकपाकी सांसद पम्फा भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे ।
पछि पुष्पा भुसालले पनि सोही बिषयमा बिरोध जनाएपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको हो ।