प्रतिनिधिसभा बैठक भोलिलाई सर्यो

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार १३:४५ मा प्रकाशित

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधसभा बैठक भोलिसम्मलाई सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै अवरुद्ध गरेपछि बैठक १५ मिनेटका स्थगित गरिएको थियो ।
सभामुख कृष्णबहादुर महराले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । सूचना प्रकाशित गरी बैठक सारिएको हो ।