अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारवाही गर्छौं: गृहमन्त्री थापा

होमल्याण्ड खबर

२०७६ जेष्ठ २८ गते, मंगलवार १२:५२ मा प्रकाशित

भद्रगोल गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको स्विकारेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने प्रष्ट पारेका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘सार्वजनिक आवागमनलाई अवरोध खडा गरेको थियो। प्रहरीले माइकिङसमेत गरेर अवरोध गरेका थिए। प्रदर्शनकारीले त्यो कुरा स्वीकार गरेनन्, गृहमन्त्रीले भने,’अवरोध जारी राखेपछि पानीको फोहोराद्वारा उनीहरूलाई तितरवितर गरेका र आवागमन जारी राखे।

 प्रहरीमाथि ढुंगा, इट्टा प्रहार गरेको हो। त्यति गर्दा पनि नहटेपछि केही सामान्य बल प्रयोग गरेर पक्राउ गरेको हो।’