१ मंसिर २०८१, शनिबार
केहि समयदेखि यता गुठी विधेयक सम्बन्धि धेरै विवाद हुँदै आइरहेको छ । यस सन्दर्भमा कांग्रेसले यसको विरोध गर्दै आइरहेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पनि गुठी विरोधी रहेको प्रष्ट पारे । उनले भने, ‘संविधानको धर्म निरपेक्षको हकलाई सरकारले हटाउन खोजेको छ । धार्मिक स्वतन्त्रता हरेक व्यक्तिमा हुन्छ त्यसलाई सरकारले किन बेवास्ता गरेको छ ? यो सरासर गलत छ ।’
कांग्रेसले सरकारले धर्मलाई नै नियन्त्रणमा लिन खोजेको आरोप लगाएको छ ।