मिडिया काउन्सिल विधेयक र गुठी विधेयक परिमार्जन हुन्छः अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७६ जेष्ठ २९ गते, बुधबार १३:०५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया काउन्सिल विधेयक र गुठी विधेयकलाई आवश्यक परिमार्जन गरेर लैजाने बताएका छन् ।

बुधबार चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सरकारले विधेयकहरु ल्याउँदा तयारी राम्रो नपुगेको स्वीकार गरेका छन् ।

उनले भने, ‘जति गृहकार्य भएर आउनुपर्ने हो, त्यसमा केही कमी रहेको देखिन्छ । सरकार र पार्टी सतर्क भएको छ र आउने दिनेमा पर्याप्त गरेर गृहकार्य ल्याउनेतिर जान्छ ।’

साथै उनले अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको जानकारी गराएका छन् ।