गुठी विधेयकः प्रधानमन्त्रीले बोलाए उपत्यकाका जनप्रतिनिधि

होमल्याण्ड खबर

२०७६ असार २ गते, सोमबार १४:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श गर्न उपत्यका भित्रका जनप्रत्रिनिधिहरुलाई बोलाएका छन् ।

युरोप भम्रणबाट फर्किएसँगै गुठी विधेयकको बारेमा छलफल थालेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो दिउँसो ३ बजे जनप्रतिनिधिहरुको बैठक बोलाएका हुन् ।

विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफल समेत गरेका थिए ।

विधेयकको विरोलाई लिएर काठमाडौं उपत्यकासहित देशभर आनदेनहरु भएका छन् छन् सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् ।