ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछः महामन्त्री कोइराला

होमल्याण्ड खबर

२०७६ असार २ गते, सोमबार १६:०५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए ।

प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने, ‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।

जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली कांग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए ।

उनले ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको समेत उनको भनाइ थियाे ।

कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे।

कांग्रेसको आउँदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए । नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली कांग्रेसले नै देशलाई सही मार्गमा लाने बताए ।