१ मंसिर २०८१, शनिबार
प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण स्थगित भएको छ ।
पहिला प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको हो ।
संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने बारे विवाद भइरहेका बेला सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे । उनले सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न दिएपछि विपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेका हुन् ।
सभामुख कृष्णबहादुर महराले पछि बोल्न दिन्छु भनेर बारम्बार अनुरोध गर्दा पनि कांग्रेस सांसद नाराबाजी गरिरहेपछि असार ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरू भएको थियो।