टि–२० विश्वकपको यात्रामा नेपाल, प्रारम्भिक टोलीको घोषणा

होमल्याण्ड खबर

२०७६ असार ३ गते, मंगलवार १५:२१ मा प्रकाशित

अर्को वर्ष २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा टि–२० विश्वकप हुँदैछ । नेपालले अर्को महिना खेल्ने खेल यही विश्वकपसम्म पुग्ने यात्राको अर्को खुड्किलो हो ।
टि–२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा खड्कासँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, तलित नारायण राजवंशी, आरिफ शेख, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी छन् ।

यस्तै जितेन्द्र मुखिया, सन्दीप जोरा, सुशास भारी, कुशल भुर्तेल, भीम सार्की, अविनास बोहोरा, अमित श्रेष्ठ, नन्दन यादव, पवन शर्राफ, राजु रिजाल, शाहब आलम पनि टोलीमा परेका छन् । बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।
नेपाली टोली तयारीका क्रममा विदेश भ्रमणमा समेत जाने तयारी रहेको छ ।