१ मंसिर २०८१, शनिबार
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सभामुखको कार्यक्रममा बोल्न दिने अधिकार प्रतिपक्षि दललाई हुनुपर्नेमा नभएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सभापति देउवाले संसारमा कहि नभएको कुरा यहि नेपालमा भएको बताए ।
उनले भने, ‘प्रतिनिधि सभाको बैठकमा जहिले प्रतिपक्षिलाई प्राथमिकता दिनुपर्छ, जहाँपनि सरकार सत्ता पक्षको हुन्छ तर तर यहाँ उल्टो भएको छ, सभामुखद्वारा जहिले पनि प्रतिपक्षलाई बोल्न नदिइ सत्तापक्षलाई प्राथमिकता दिइएको छ । यो कहाँ छ संसारमा ?’
सभामुखले बोल्ने समय नदिएको भन्दै उनले भने, ‘हाम्रो काम नै बोल्ने हो, सोध्न पाउने हो, हामी प्रतिपक्षि दललाई बोल्न नदिने हुन्छ ? हामीले मागहरु पनि राख्न पाउँछौ यसमा किन बोल्न सत्तापक्षिलाई नै दिइन्छ , यो कहाँको नियम हो ।
सभापति देउवाल हिजो भन्दा आज नेपाली कांग्रेस शसक्त भएर आएका पनि बताएका छन् ।