१ मंसिर २०८१, शनिबार
सांसद राधा कुमारी ज्ञवालीले एक अनलाइन मिडियाले भ्रम फैलाउने समाचार संप्रेसण गरेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले केहि दिन अगाडि आफु बोलको कुरा अनलाइन मिडियाले नभएको कुरा लेखेको बताएकी छन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘केहि दिन अगाडि कृषि समुहको बैठकमा मैले अभिव्यक्त गरेको कुरालाई लिएर एउटा अनलाइन मिडियाले पित पत्रकारीताको एउटा नमुना पेश गरेको छ । र त्यसले अन्यथा समाचार लेखेर जनतालाई भ्रम फैलाएको छ ।’
उनले सो अनलाइन खबर प्रति दुःख व्यक्त गर्दै सच्याउनु पर्ने माग राखेकी छन् । साथै उनले पित पत्रकारीताले जनता दुःखी भएको बताएकी छन् ।