१ मंसिर २०८१, शनिबार
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहेको बताएका छन् ।
कास्कीको पोखरामा बिहीबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए ।
‘तर अहिले नै सरकार पुनर्गठन गरिहाल्ने भन्ने निर्णयमा हामी पुगिएको छैन, प्रधानमन्त्रीको चाहेको बेलामा हुन्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताए ।
आफू काठमाडौं फर्किएपछि फेरि ओलीसँग छलफल गर्ने उनले बताए । त्यसपछि मात्र केही भन्न सकिने भन्दै उनले भने, ‘ठोस निर्णयमा पुगिसकेको छैनौं ।’