१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद राजकिशोर यादवले देशमा अब छिट्टै ठूलो राजनीतिक उथलपुथल आउने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको संसद बैठकमा बोल्दै सांसद यादवले सरकारको गलत गतिविधिका कारण देशमा राजनीतिक उथलपुथलको अवस्था आउने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजीले माइतीघरको सन्देशलाई बुझ्नु पर्छ । त्यसलाई बुझ्न सकिन भने ठूलो दुर्घटना हुनेछ । अब छिटै राजनीतिक उथलपुथल हुँदैछ । यसको संकेतहरू आउन थालिसकेका छन् ।’
साथै उनले संसदमा जनप्रतिनिधिहरूले उठाएका कुराको सुनुवाई नहुने गरेको भन्दै आफुहरुका मागहरू सम्बोधन नभएन त्यसले अर्कै किसीमको रुप लिन सक्ने बताएका छन् ।