१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदारले प्रधानमन्त्रीलाई संविधान कमजोर पार्ने अधिकार नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले गलत विधेयक ल्याउन नहुने र विधेयकको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान साझा दस्ताबेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई, जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’
संविधानको मर्म र भावना विपरित विधेयकहरु ल्याउन खोजिएको भन्दै उनले सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको बताएका छन् ।