१ मंसिर २०८१, शनिबार
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क अगाडि सारेसँगै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले त्यसकाे जवाफ दिएका छन् ।
संसदमा बोल्दै थापाको यस्तो अभिव्यक्ति आएपछि भट्टराईले पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला भन्दै तर्क आडि सारेका हुन् ।
उनले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो ।
बिपीको आत्माले के भन्दै होला रु कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’
गत चुनावमा गोरखा–२ मा नयाँ शक्तिको तर्फबाट उमेद्धार बनेका बाबुरामा भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेपछि उनले चुनाव जितेका थिए ।