विप्लव बन्दः उपत्यकामा आशिंक प्रभाव

होमल्याण्ड खबर

२०७६ असार १० गते, मंगलवार ०७:१९ मा प्रकाशित

आज प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ ।

प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको हो ।

अरु दिनको तुलनामा सार्वजनिक सवारी साधन कम चलेका छन् । सार्वजनिक सवारी साधन उल्लेख्य रुपमा सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती परेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन आग्रह गरेको छ ।

बन्दका कारण उपत्यकाका अधिकांश कलेज विद्यालय बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि सामान्य प्रभाव देखिएको छ ।

विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।