पर्यटन क्षेत्रको वजेट घटेको होईन, स्थानिय निकायमा गएको होः मन्त्री बस्नेत

होमल्याण्ड खबर

२०७६ असार १० गते, मंगलवार १३:१५ मा प्रकाशित

वन तथा वातावरण मन्त्री शक्ति वहादुर बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासमा सामुहिक प्रयास आवश्यक रहेको वताए । राष्ट्रिय पर्यटन पत्रकार संघ नाटोज को छैठौं अधिवेशन कार्यक्रममा बोल्दै सरकार, व्यवसायी र स्थानिय जनसमुदायको संयुक्त प्रयासले पर्यटनको विकास सम्भव हुने उनले वताए ।“कहिलेकाँही व्यवसायी र स्थानिय समुदायको विचमा कसले अधिकार वढि पाउने भन्नेमा द्धन्द्ध ह्ने गरेको छ”– मन्त्री बस्नेतले भने“सरकार सवैलाई समन्वय गरेर अगाडी बढ्छ ।” मन्त्री बस्नेतले पर्यटन क्षेत्रको वजेट घटेको नभई कतिपय कार्यक्रमहरु प्रदेश र स्थानिय निकायमा गएका कारण त्यस्तो देखिएको वताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको वताए । अहिलेकै तयारीले २० लाख पर्यटक रेल र पानीजहाज जस्तै हो,त्यसैले सरकारले अझै पनि सहि योजना र तयारी अगाडी ल्याउनुपर्ने वताए ।

त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको वढि प्रचार हुने गरेको बताए । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आँफुहरुले काम गरिरहेको बताए । भर्खरै मात्र वजेट निकासा भएको कारण काम गर्न समस्या भएको उनले बताए । नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कठिन परिस्थितिमा पनि आँफुहरुले नेपाल पर्यटन वर्ष सफल पारेको बताए । पर्यटन विभागका महानिर्देशक ढुन्डुराज मिमिरेले पर्यटन क्षेत्रको नितिगत स्धारमा आँफुले काम गरिरहेको बताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले नेपाल भ्रमण वषले नेपाल पर्यटन वोर्डलाई नचिनेको बताए । कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया,टानका अध्यक्ष नवराज दाहाल,भिटोभ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा लगायतले पर्यटन मैत्री वातावरण निर्माणमा सरकार र नीजि क्षेत्र सम्पूर्ण मिलेर अगाडी बढ्नुपर्ने बताए ।

त्यस्तै नाटोजका अध्यक्ष शिव अधिकारीले राष्ट्रिय पर्यटन पत्रकार संघले पर्यटन क्षेत्रका विभिन्न समसामयिक विषयवस्तुहरुमा बहस र छलफल चलाउँदै आएको बताए । नेपाल भ्रमण वर्ष सफल पार्न देशभर पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने उनले बताए । कार्यक्रममा लाईफटाईम अचिभमेण्ट अवार्डवाट ठमेल पर्यटन विकास परिषदकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङलाई प्रदान गरियो । त्यस्तै पर्यटन व्यवसायी तथा समाजसेवीहरु जगत बहादुर गुरुङ, रामकुमार अधिकारी, रामकृष्ण तिमिल्सिना,मिङमा शेर्पा,माधवप्रकाश सुवेदी र शन्तलाल तामाङलाई टुरिजम अवार्ड प्रदान गरियो ।