तानाशाही शैली नरोकिए सरकार ढाल्ने कांग्रेस सभापतिको चेतावनी

होमल्याण्ड खबर

२०७६ असार १३ गते, शुक्रबार १५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले तानाशाही शैली नरोके सरकार नै ढाल्ने चेतावनी दिएका छन् ।

शुक्रबार स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।

देउवाले भने, ‘लोकतन्त्रमाथि प्रहार गरिरहने, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी विधेयकहरु ल्याउने काम सरकारले रोकेन र तानाशाही शैली देखाउँदै गायो भने यो सरकार ढाल्छौं ।’

लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या नहुने भन्दै देउवाले वर्तमान सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेकोसमेत बताए ।

दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ ।