निटको टायलको आधुनिक शोरुम काठमाडौंको सानोभञ्याङ्गमा

होमल्याण्ड खबर

२०७६ असार १३ गते, शुक्रबार १६:४६ मा प्रकाशित

निटको कम्पनीले काठमाडौंको सानो भञ्याङ्गमा आज एक आधुनिक सोरुमको उद्घाटन गरेको छ । निटको कम्पनीका अन्तराष्ट्रिय प्रतिनिधि दिवाङ्ग क्षेदाले रिवन काटी उक्त सोरुमको उद्घाटन गरेका हुन् ।

सोरुम उद्घाटन क्रममा उनले निडकोले अन्तराष्ट्रिय बजारमा गुणस्तरीय र विभिन्न डिजाइहरुमा टायल,मार्वल उत्पादन गर्दै आइरहेको जानकारी दिए । नेपाल लगायत पैतिस भन्दा बढी देशमा आफनो सेवा बिस्तार गरेको अझ यसलाई बढाउने जानकारी दिए । त्यस्तै नेपालका लागि निटको कम्पनीका प्रमुख उत्तम रिमालले समेत सो कार्यक्रममा उपस्थिति जनाएका थिए । उक्त कार्यक्रमा बोल्दै उनले नेपालमा निटकोले वि.सं २०१३ मा आफ्नो बजार विस्तार गरेको बताए । बजार सुरुवात देखि हालसम्म आईपुग्दा नेपाली बजारमा आफ्नो कम्पनी गुणस्तरका साथै विक्रिमा पनि एक नम्वरको कम्पनी हुन पुगेको जनाए ।

निटकोले ५० भन्दा बढि डिजाइनका टायलहरु उत्पादन गरि बजारमा ल्याएको छ । सोरुम उद्घाटनको अबसर पारेर निटको कम्पनीले नयाँ डिजाईनका टायल Volga blue series / blue stone series का टायलहरु सार्वजानिक गरेका छन् ।

यसैगरि आज उद्घाटन गरेको कृश प्लाइहाउसले करिब २० वर्ष भन्दा अधिदेखि कैशल काष्ठ उद्योगबाट सुरुवात गरेको व्यापार आज निटको सहित अन्य ७÷८ वटा ब्रन्ड र डिलर राख्न सफल भएको कृश प्लाइ हाउसका संञ्चालक केशब प्रजापतीले बताए । र आफ्नो कम्पनीको सामानमा कहिले गुणस्तर कम नहुने समेत उनले सोहि कार्यक्रम मार्फत प्रतिबद्घता गरे ।