गोरखाको पालुंङटारको रोपाइमा पुगे डा.भट्टराई

होमल्याण्ड खबर

२०७६ असार १५ गते, आईतवार १५:२० मा प्रकाशित

संघिय समाजवादी पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाको पालुंङटारको रोपाइमा पुगी हली बनेका छन् ।
असार १५ अर्थात धान दिवसको आवसरमा आइतबार पुख्र्यौली थलो पालुंङगटार नगरपालिका–१ मा पुगेर उनले हलो जोतेका हुन् ।

सफल मल्टीपर्पोज कृषि फार्मले आयोजना गरेको धान रोप्ने कार्यक्रममा पुगेका उनले गोरुको पुच्छर समाउँदै खोक लगाएको, बाउसे गरेको र धान रोपेको तस्विरहरु आफ्नो ट्विटर पेजमा पोष्ट गरेका छन् ।
उनको लेखेका छन्, ‘पालुंगटार नगरपालिका र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो! कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं! कृषिमा आत्मनिर्भर बनौं!’