१ मंसिर २०८१, शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी एकताको काम टुंगो लगाउन ढिला भएको बताएका छन् ।
भक्तपुरको मध्यपुर थिमिमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायण बिलास जोसीको ३० औं स्मृती दिवसमा आयोजित कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले एकता प्रक्रिया जसरी अघि बढाइएको थियो सो अनुरुप काम नहुँदा पार्टी एकिकरण ढिला भएको बताएका हुन् ।
उनले पार्टी एकिकरण ढिला हुँदा ठूलो संख्यामा कार्यकर्ता राजनीतिक बेरोजगार बस्नु परेको बताए ।
एकताका प्रक्रियामा आफूहरु लागि परेता पनि नेतृत्व पंक्ति नै एकता प्रक्रियामा अग्रसर नहुँदा ढिला भएको उनको भनाई थियो ।
उनले भने ‘बिँड धेरै तात्तिए हात पोल्छ, ताप्के ताते माछा पाक्छ, तर पार्टी एकताको सवालमा यो दुवै बिषय एकतामा लागू हुन नसकेको हो ।’
लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठक समेत बस्न नसकेको अवस्थामा पार्टी एकताका लागि दुर्भाग्यको विषय बनेको बताउँदै उनले पार्टीभित्रको आन्तरिक कलह सच्चाउँदै अध्यक्षहरुलाई अघि बढ्न आग्रह गरे ।