१० मंसिर २०८१, सोमबार
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले चीनलाई हराएको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा आज भएको भएको खेलमा नेपालले चीनलाई १० विकेटले हराएको हो ।
चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो ।
नेपालका लागि पवन सरार्फले अविजित ४६ र रित गौतमले १० रन बनाए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा बनाएको थियो ।
चीनका लागि गुहाओ गो र लेङ चेनले समान १३–१३ रन जोडे । त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि सागर ढकालले ६, तिलक भण्डारीले ३ तथा कमल सिंह ऐरीले एक विकेट लिए ।
नेपालले दोस्रो खेल असार २० सिंगापुरसँग खेल्ने छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।